Century Times

धरानमा ढोल र मादलको प्रशिक्षण

धरानमा ढोल र मादलको प्रशिक्षण

काठमाडौं । प्रदेश १ स्तरीय मौलिक बाजा साकेला ढोल र मादलको प्रशिक्षण कार्यक्रम सुनसरीको धरानमा सम्पन्न भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा गत फागुन २० गतेदेखि सुरू भएको प्रशिक्षण कार्यक्रम फागुन ३० गते सम्पन्न भएको हो ।

भरत बुढाथोकी र दिपेश राईले साकेला ढोल र मादलको प्रयोगात्मक तथा सैद्धान्तिक पक्षहरुमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा १० जिल्लाका ६० जना प्रशिक्षार्थीहरु सहभागी थिए ।

धरान नृत्य कला प्रतिष्ठानले स्थानीय व्यवस्थापन गरेको प्रशिक्षण कार्यक्रमका लागि मुनाल सांस्कृतिक केन्द्र र रोएल डान्स एकेडेमीले स्थल उपलब्ध गराएका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »