Century Times

वीरगञ्जमा खुकुरी प्रहारबाट बाबुछोरा घाइते

वीरगञ्जमा खुकुरी प्रहारबाट बाबुछोरा घाइते

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका– २१ पटेलनगरका ४५ वर्षीय राजेन्द्र पटेल र उनका २० वर्षीय छोरा विकास पटेल घाइते भएका हुन् ।

उपचारका क्रममा राजेन्द्रको टाउकोमा २० वटा टाँका लगाइएको छ । त्यस्तै विकासको हातमा चोट लाग्नुको साथै टाउकोमा ८ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ ।

खानेपानी धाराको विषयमा मंगलबार बिहान विवाद हुँदा आफ्नै भाइ कामेश्वर पटेलले सवा १० बजेतिर उनलाई खुकुरीले हानेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने कामेश्वरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

कामेश्वरले प्रयोग गरेको खुकुरी समेत बरामद गरी उनी विरुद्ध ज्यान मार्ने कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »