Century Times

मधेश सरकारले छोरीलाई वितरण गरेको साईकलमा भ्रष्टाचार भएको ठहर

मधेश सरकारले छोरीलाई वितरण गरेको साईकलमा भ्रष्टाचार भएको ठहर

मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गतको साइकल खरिद प्रकरणमा तत्कालीन सचिव यामप्रसाद भुसाल र भगवान झालाई दोषी ठहर गरिएको छ । अन्य सबैले भने सफाई पाएका छन् ।

विशेष अदालतले बिहीबार सो मुद्दाको फैसला गर्दै भुसाल र झालाई ३/३ महिना कैद सजाय र जनही १० हजार रुपैयाँ जरिवाना गरेको छ । सो मुद्दामा रहेका ठेकेदारलगायतका कर्मचारीहरुले सफाई पाएका छन् ।

साइकल खरिद प्रकरणमा भ्रष्टाचार भएको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिगो सहितको सजाय माग गरेको थियो । तर अदालतले विगो कायम नगरी भुसाल र झालाई मात्र दोषी ठहर गरेको छ ।

अधिवक्ता दीपेन्द्र झाका अनुसार ठेक्का प्रकरणमा प्रक्रियागत त्रुटि गरेको ठहर गर्दै सजाय गरिएको छ । मुद्दामा विगो कायम नगरिएकोले सजायलाई भ्रष्टाचार भन्न नमिल्ने बताउँदै अधिवक्ता झाले भने, ‘ प्रक्रियागत त्रुटि देखिएकोले अदालतबाट सजाय भएको हो ।’ ठेकेदारसहित ८ जनालाई दोषी ठहर गरी अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतमा मुद्दा चलेको कारण मधेश प्रदेशको मुख्य सचिवालय रहेको मधेश भवनको गोदाममा झण्डै ५ हजार साइकल अलपत्र अवस्थामा रहेको छ । साइकल सप्लायर्सले भुक्तानी पाउन सकेका छैन् । प्रदेश सरकारको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको बेला साइकल खरिद गरिएको थियो ।

अख्तियारले मुद्दा दर्ता गरेपछि प्रदेश सरकारले साइकल वितरणको कार्यक्रम नै रोकेको छ । कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »