Century Times

थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवान १६ वर्षपछि पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरवल राय यादवलाई पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो ।

लागुऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिक असरफ आलमलाई भगाउन १ करोडबाट सुरू गरेर १० लाख डिल गरेको पछि ६ लाख २५ हजार पाएको प्रहरीको भनाइ छ ।

खैरो हेरोईन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा भारत पुर्विचम्पारन जिल्ला सिरसिया नुनयाडी ग्राम, थाना रक्सौल बस्ने अन्दाजी ३९ वर्षका असरफ आलमलाई २०६४/०२/०९ गते राति साढे ८ बजेतिर प्रहरी जवान वीरवल राय यादवले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी इन्स्पेक्टर सा’वले बोलाउनुभएको भन्दै बाहिर निकाली दुवैजना फरार भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तत्कालीन जवान यादवलाई आज सार्वजनिक गरेको छ । उनलाई नेपाल-भारत सीमा काकडभिट्टाबाट पक्राउ आज काठमाडौं ल्याइएको हो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »