Century Times

१९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा भारतसँग नेपाल पराजित

१९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा भारतसँग नेपाल पराजित

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा भएको सुपर सिक्स खेलमा नेपालले भारतसँग फराकिलो हार ब्यहोरेको हो ।

भारतले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए । आकाश चन्द १८ रनमा र दुर्गेश गुप्ता २९ रनमा अविजित रहे ।

भारतका सौमी पाण्डेले सर्वाधिक ४ विकेट लिए । यस्तै अर्शिन कुलकर्नीले २ तथा राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिषेकले समान एक/एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो ।

भारतका सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय पारी खेले । यस्तै कप्तान सहरानले पनि शतक बनाए । नेपालका गुलशन झाले ३ र आकाश चन्दले एक विकेट लिए । नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग हारेको थियो । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हारेको नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »