Century Times

मधेसमा एमालेका सरोज यादव बने भौतिक पूर्वाधार मन्त्री

मधेसमा एमालेका सरोज यादव बने भौतिक पूर्वाधार मन्त्री

मधेस प्रदेशमा एमालेका सरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्।

मुख्यमन्त्री सरोज कुमार यादवले उनलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव भौतिक मन्त्री थिए।

एमालेलाई चार वटा मन्त्रालय दिएर प्रदेश सरकारमा सामेल गर्न लागिएको प्रदेश सरकारका एक मन्त्रीले बताए। यद्यपि आज एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मात्रै मन्त्री नियुक्त गरिएको छ।

नेताहरूका अनुसार दोस्रो चरणमा सांसद राजकुमार लेखी, शारदा देवी र सत्रुधन प्रसाद सिंहलाई मन्त्री बनाउने तयारी छ।  

लेखीलाई गृह तथा सञ्चार, सिंहलाई शिक्षा तथा संस्कृति र थापालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारी गरिएको हो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »