Century Times

आईपीएल : चेन्नईले गुजरातलाई ६३ रनले हरायो

आईपीएल : चेन्नईले गुजरातलाई ६३ रनले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा चेन्नईले गुजरात टाईटन्सलाई ६३ रनले हराएको हो । चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए । चेन्नईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दिपक चहरले समान २–२ तथा ड्यारेल मिचेल र एम पाथीरानाले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । चेन्नईका लागि शिभम दुबेले २३ बलमा ५१ रन र रचिन रवीन्द्रले २० बलमा ४६ रन बनाए ।

यस्तै कप्तान रुतुराज गाइक्वाडले ३६ बलमा ४६ रन बनाए । ड्यारेल  मिचेल २४ रनमा नटआउट रहे । गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १–१ विकेट लिए । गुजरातले पहिलो खेलमा मुम्बई इडियन्सलाई हराएको थियो भने चेन्नईले रोयल च्यालेन्जर्स बेंगलूरुलाई हराएको थियो ।

आईपिएलमा आज मुम्बई र सनराईजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुनेछ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »