पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् ।
सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर खान घाइते भएका छन् । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका खान निजी सचिवालयका सदस्यहरुसहित बर्दिया जाँदै थिए ।
जिपमा सवार अन्य पार्टीका सदस्यहरु पनि घाइते भएका छन् ।
Century Times
