Century Times

राजतन्त्र फर्काउन खोज्ने कुनै प्रयास सफल हुँदैन : ओली

राजतन्त्र फर्काउन खोज्ने कुनै प्रयास सफल हुँदैन : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनै पनि प्रयास सफल नहुने बताएका छन्।

शनिवार ललितपुरमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिनिधि परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यता बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनःस्थापना नहुनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गरे।

अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्र विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनःस्थापना हुनै नसक्ने जिकिर गरे। उनले प्रतिकूल राजनीतिक शक्ति सन्तुलनबीच पनि सकारात्मक शक्तिहरूलाई गोलबन्द गर्दै स्थायित्वका लागि प्रयास गर्नु, राष्ट्रियताका आघात पुग्ने सम्भावनाप्रति चनाखो रहनु तथा समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई अगाडि बढाउन एमालेले प्रभावकारी भूमिका खेल्नुपर्ने पनि बताए।

ओलीले भने, ‘आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन। यसमा हामी ढुक्क भए हुन्छ।’

अध्यक्ष ओलीले नेपाली जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने काममा एमाले गम्भीर भएर लाग्नुपर्ने समेत बताए।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »