Century Times

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा आजदेखि तीन दिनसम्मका लागि बन्द

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा आजदेखि तीन दिनसम्मका लागि बन्द

जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ ।

भारत मधुवनी जिल्लाको भंझारपुरमा पर्सि अर्थात् मे ७ तारिखमा लोकसभा चुनाव हुन लागेकाले रेल सेवा तीन दिन बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले सूचना निकालेर जानकारी दिएको छ ।

चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आजदेखि जयनगर–जनकपुर–भङ्गहा रेलसेवा बन्द गरिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मङ्गलवारसम्म पूर्णरूपमा बन्द रहनेछ ।

बुधवारदेखि नियमितरुपमा रेल सेवा सञ्चालन हुने प्रबन्धक झाले जानकारी दिनुभयो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »