Century Times

संघीय सरकारले कानून नबनाउँदा प्रदेशमा समस्या : मन्त्री लेखी

संघीय सरकारले कानून नबनाउँदा प्रदेशमा समस्या : मन्त्री लेखी

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ सरकारले कानून बनाउन ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या देखिएको बताएका छन्।

कानून दिवसको अवसरमा गृह, सञ्चार तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले संघीय सरकारले कानून निर्माणमा तदारुकता नदेखाए प्रदेशहरूमा कानून कार्यान्वयनमा समस्या रहिरहने बताएका हुन्। उनले संघ सरकारलाई कानून निर्माणमा ढिलाइ नगर्न आग्रह गरे।

मधेश सरकारले कम समयमै आवश्यक कानून निर्माणको दिशामा धेरै काम गरेको दाबी गर्दै मन्त्री लेखीले त्यसको कार्यान्वयनमा जटिलता देखिएकोप्रति चिन्ता व्यक्त गरे। यो समस्या समाधान गर्नका लागि गृह, सञ्चार तथा कानून मन्त्रालयले विभिन्न क्षेत्रका सम्बन्धित व्यक्तिसँग छलफल तथा संवाद अघि बढाएको जानकारी दिए।

उनले संविधानको पालन तथा ऐन कानूनको पालना तीन तहका सरकार प्रमुख, राज्यका हरेका निकायमा प्रतिनिधित्व गर्नेहरूले गर्नेतर्फ ध्यान दिन आग्रह गरे।  

कार्यक्रममा गृह, सञ्चार तथा राज्यमन्त्री शारदा थापाले जनताले हामी प्रदेशसभा सदस्यहरूको भूमिकाका विषयमा स्पष्ट नरहेको बताए। उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले मधेशमा कानून निर्माण भए पनि जनतालाई जानकारी नहुनु चिन्ताको विषय रहेको बताए।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »