Century Times

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ।

जसपाबाट सरकारमा सहभागी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिएका छन्। 

यस्तै उनको पार्टीबाट सरकारमा राज्यमन्त्री रहेका दीपक कार्कीले पनि राजीनामा दिएका छन्। दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल संघ सरकारबाट बाहिरिएको हो।

मधेशमा पनि जसपा नेतृत्वको सरकारलाई माओवादी र एमालेले समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको गृहकार्य थालेका छन्।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »