Century Times

‘रेमल’ चक्रवातका कारण चार प्रदेशमा आज र भोलि पानी पर्ने

‘रेमल’ चक्रवातका कारण चार प्रदेशमा आज र भोलि पानी पर्ने

उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवातको कारण चारवटा प्रदेशमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार शक्तिशाली चक्रवात प्रत्यक्ष रूपमा नेपाल प्रवेश नगर्ने भए पनि यसको अप्रत्यक्ष प्रभावबाट आज र भोलि कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा चट्याङ, हावाहुरीसहितको वर्षा हुने सम्भावना छ ।

मौसमविद् गंगा नगरकोटीकाअनुसार कोशी र बाग्मती प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ ।

कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन, चटयाङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै कोशी प्रदेशका तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ ।

मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार बाग्मती प्रदेशको थोरै ठाउँ र गण्डकी प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चटयाङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »