Century Times

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए ।

२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डले यस वर्षको एसईई परीक्षा माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन गरेको थियो, जसमा १०० पूर्णाङ्क भएको विषय उत्तीर्ण गर्न सैद्धान्तिकतर्फ मात्रै न्यूनतम ३५ अंक ल्याउनुपर्ने छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »