Century Times

भारतमा लोकसभाको सातौं चरणको चुनावमा झन्डै ६० प्रतिशत मतदान

भारतमा लोकसभाको सातौं चरणको चुनावमा झन्डै ६० प्रतिशत मतदान

भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणमा झन्डै ६० प्रतिशत मतदान भएको छ ।

भारतीय निर्वाचन आयोगकाअनुसार सात राज्य र एक केन्द्र शासित प्रदेशमा भएको चुनावमा ५९ दशमलव ४५ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । सात चरणमा गरी भएको मतदानको नतिजा आउँदो मंगलवार घोषणा गर्ने तयारी रहेको छ ।

त्यसअघि हिजो राति विभिन्न समाचार च्यानल र एजेन्सीले एक्जिट पोल सार्वजनिक गरेका छन् । १० वटा एक्जिट पोलमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाको गठबन्धनले तीन सय ५० भन्दा धेरै सिट पाउने अनुमान छ ।

विपक्षी दल कंग्रेको इन्डिया गठबन्धनले एक सय ६१ सिट पाउने अनुमान रहेको बीबीसीले जनाएको छ । पाँच सय ४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ । पूर्वानुमानअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित हुने सम्भावना धेरै रहेको छ ।   

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »