Century Times

सुनको लेपन लगाएको कपडासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

सुनको लेपन लगाएको कपडासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। 

आइतबार दिउँसो २ बजे मुम्बईबाट काठमाडौं आगमन भएका २७ वर्षीय भारतीय नागरिक गुल्शन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो। एक्सरे मेसिनमा उनले लगाएको भित्री वस्त्र (अन्डरवेयर) अस्वभाविक देखिएपछि प्रहरीले जाँच गरेको थियो। 

त्यसमा सुन जस्तो देखिएको पहेँलो लेपन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। उक्त कपडा जाँच गर्दा अन्दाजी ५९८ ग्राम रहेको प्रहरीले जनाएको छ। 

थप अनुसन्धानका लागि उनलाई विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »