Century Times

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा जेलमा आत्मसमर्पण

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा जेलमा आत्मसमर्पण

दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् ।

मुख्यमन्त्री केजरीवालले २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि  निर्धारित समयमा आत्मसमर्पण गरेको दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले जानकारी दिनुभयो । उहाँले केजरीवालको स्वास्थ्य अवस्था भने राम्रो नभएको बताउनुभएको छ ।

हिजो जेल जानुअघि केजरीवालले सर्वोच्च अदालतले चुनाव प्रचारका लागि २१ दिन दिएकोमा धन्यवाद दिएका बिबिसी हिन्दीले जनाएको छ ।  अदालतले चुनाव प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा गर्न मिल्ने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »