Century Times

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको आगामी नेतृत्वका लागि अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ ।

जनकपुरमा जारी महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । जसअनुसार हालसम्म यादवको एकल उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ताको केही समय बाँकी रहे पनि अन्य उम्मेदवारले अध्यक्षमा दाबी गर्ने संकेत नदेखिएको जसपा नेपालका एक नेताले जानकारी दिए ।

त्यसैगरी जसपा नेपालको सहअध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । जसमा राजकिशोर यादव, लालबाबु राउत, रकम चेम्जोङ रहेका छन् ।

त्यसैगरी महासचिवमा मनिष सुमन, रामकुमार शर्मा, दीपक कार्की र विजय यादवले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । जसपाको विधान अनुसार एक जना अध्यक्ष, एक जना सहअध्यक्ष, उपाध्यक्ष पाँच जनामध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । त्यस्तैगरी २ जना महासचिव र उपमहासचिव तीन जना र त्यसमध्ये एक जना महिला हुनुपर्ने विधानले व्यवस्था गरेको छ ।

त्यस्तै सचिव सात जना हुनेमा दुई जना महिला अनिवार्य हुने र कोषाध्यक्ष एक जना रहने व्यवस्था रहेको जसपा नेपालको विधानमा उल्लेख छ । २० जना केन्द्रीय पदाधिकारी रहने जसपाको केन्द्रीय समिति २०१ सदस्यीय बन्नेछ । आजै निर्वाचनका अन्य प्रक्रिया पूरा गरि अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदानको समय तोकिएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »