Century Times

जसपा नेपाल, राजनीतिक अस्थिरताको शिकार बन्यो : उपेन्द्र यादव

जसपा नेपाल, राजनीतिक अस्थिरताको शिकार बन्यो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थीरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताउनुभएको छ ।

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थीरताका दौडमा राज्यको प्रयोग वा अन्यबाट आफ्नो पार्टी फुटाइएको बताउनुभयो । उहाले सत्ता टिकाउन आफुले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्रीले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको धारणा राख्नुभयो । यादवले महाधिवेशनले पार्टीप्रतिको जनसमर्थन देखाइसकेको भन्दै पार्टी फुटले कुनै असर नपर्ने उल्लेख गर्नुभयो । नेपालको इतिहासमा मधेशका शक्तिहरु तरवारको धारबाट हिडिरहेको र यसका बिरुद्ध हमेशा षडयन्त्र हुँदै आएको उहाले बताउनुभयो । यादवले कुनै पनि पार्टी गैर मुद्धा, गैर सैद्धान्तिक आधारमा फुट्नु दुभाग्र्यपूर्ण घटना भएको उल्लेख गर्नुभयो ।

उहाले राजनीतिक बाटोमा हिड्दै जाँदा आएराम, गएराम, पल्टुराम भेट्दै जानु स्वभाविक रहेको बताउनुभयो । यादवले पार्टीको महाधिवेशनले एकताको सन्देश दिन सफल भएको पनि बताउनुभयो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »