Century Times

सुनसहित विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ

सुनसहित विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन्। 

अवैध रूपमा लुकाएर लैजान लागेको करिब ८९ ग्रामको सुनसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक नितिन महेश्‍वरी छन‍्‍।

शनिबार साँझ थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »