Century Times

धनुषामा एक सातादेखि बेपत्ता रुवीको आफ्नै श्रीमानले हत्या गरेको खुलासा

धनुषामा एक सातादेखि बेपत्ता रुवीको आफ्नै श्रीमानले हत्या गरेको खुलासा

आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादव (राजु)लाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका-५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आए पश्चात् इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

जेठ २६ गते महेन्द्रनगरबाट रुवी बेपत्ता भएको भनेर उनका श्रीमान् राजुले प्रहरीलाई जानकारी गराउँदै खोजविनका लागि अनुरोध गरेका थिए ‌। 

जेठ २६ मा औरही बाबाको दर्शन गर्नका लागि भन्दै श्रीमती रुवीलाई खोल्सामा पुर्‍याएर राजुले हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी अवाले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »