Century Times

प्रेमीकाले धोका दिएपछि जवानले भिडिओ कलमै आफैलाई हानेका थिए गोली

प्रेमीकाले धोका दिएपछि जवानले भिडिओ कलमै आफैलाई हानेका थिए गोली

आज बिहान सङ्घीय संसद् भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आफैँलाई गोली हानेर आत्महत्या गरे ।

संसद् भवनको गेटमा खटिएका २२ वर्षीय प्रहरी जवान अजितले शौचालयभित्र गएर आफैँमाथि गोली प्रहार गरेका थिए । गोलेले प्रेमिकासँगको सम्बन्धमा खटपट आएपछि आफैलाई गोली हालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका गोलेको ५ महिना अघि इन्गेजमेन्ट भएको थियो । त्यसपछि उनले आफ्नै खर्चमा प्रेमीकालाई रोजगारीका लागि दुबई पठाएका थिए । तर, प्रेमीका दुबई पुगेर गोलेलाई वास्ता गर्न छाडेपछि उनी तनावमा थिए ।

उनले पटक पटकको कुराकानीमा प्रेमीकालाई मर्छु भन्दै मेसेज गर्ने गरेका थिए । प्रहरीका एक अधिकारीका अनुसार, आज बिहान पनि मेसेजमा उनीहरूबिच झगडा भएको थियो । त्यसपछि उनले शौचालयमा गएर प्रेमिकासँग कुरा गरेको देखिएको प्रहरीले जनाएको छ ।

‘गोलेको प्रेमिकासँग विवाद परिरहने रहेछ,’ ती प्रहरीले भने, ‘उनले प्रेमीकालाई मर्छु भन्दै मेसेज गर्ने गरेका रहेछन् । आज बिहान पनि मर्छु भन्दै मेसेज गरेको देखियो ।’

आज बिहान पनि मेसेजमा विवाद भएपछि शौचालयमा भिडिओ कल गरेको र भिडिओ कल गर्दागर्दै उनले आफैलाई गोली प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतक गोले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय सङ्घीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »