पेशावर । सेन्चुरी टाईम्स प्रा. लि. को फिलीपीन्स स्थित पार्टनर कम्पनी Z डिज़ाइन द्वारा पाकिस्तानको पेशावर सहरका सुरक्षकर्मीहरुलाई निःशुल्क मास्क पठाइयो ।


पेशावर स्थित हाम्रा सहकर्मी मित्र पत्रकार उमर खानले पाकिस्तानको सुरक्षाकर्मीहरु समक्ष्य उक्त मास्क पुग्न सहयोग गर्नुभयो ।

कोरोना महामारी सुरु भए पश्चात Z डिज़ाइनले फिलीपीन्समा करीब २ लाख मास्क वितरण गरेको छ ।
फिलीपीन्स बाहिर अमेरिका को San Francisco, California, Los Angeles र New Jersey सहरहरु, Japan, Pakistan, Canada, Hawaii, Australia, Yemen, UAE र Kurdistan को सामाजिक अभियन्ता र सुरक्षकर्मीहरुका लागि पठाएको छ ।

आगामी दिनहरुमा यस्ता बिशेष मास्कहरु Nepal, Korea, Nigera, Florida र Amsterdam पठाईने छ ।
यस अभियानमा बिश्वभरी सहयोग गरिरहेका साथीहरुलाई Z डिज़ाइन की प्रमुख ज़ामंता फिन र सेन्चुरी टाईम्स ग्रुपका प्रमुख आशिष झुनझुनवालाले धन्यवाद ज्ञापन गरेका छन ।

Century Times
