Century Times

पेट्रोल डिजेल र मट्टीतेलको मूल्य बढ्यो

पेट्रोल डिजेल र मट्टीतेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

निगमले असार १७ गतेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको सूचना जारी गरी जानकारी दिएको छ।​ हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन।

मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ।

त्यसैगरी झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० र मट्टीतेल तथा डिजेल प्रतिलिटर १५२.५० रुपैयाँ पर्नेछ।

सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ र डिजेल तथा मट्टीतेल १५६ रुपैयाँ पर्नेछ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »