Century Times

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार नौ सय र तेजावी सुन १ लाख ४४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय र तेजावी सुन १ लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »