Century Times

त्रिशूलीमा बेपत्ता दुई बसका यात्रुमध्ये अहिलेसम्म १५ वटा शव भेटियो

त्रिशूलीमा बेपत्ता दुई बसका यात्रुमध्ये अहिलेसम्म १५ वटा शव भेटियो

शुक्रवार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये अहिलेसम्म १५ वटा शव भेटिएको छ । विभिन्न ठाउँमा भेटिएका १५ मध्ये आठ वटा शवको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अरू सात वटा शवको पहिचान गर्ने काम भइरहेको छ ।

गएको असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएका थिए ।

ती बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । तीमध्ये अझै ४७ जना यात्रु र दुई बस बेपत्ता नै छन् । अन्य यात्रु र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »