Century Times

सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या

सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या

सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो ।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार पूर्व राज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएका थिए। उनी परिवारसहित मलंगवा बस्छन्। रतनपुरमा भएको त्यो घर पुरानो हो। त्यहाँ उनको खेतीपाती पनि छ।

खेतीपाती हेर्न उनी रतनपुर आइरहेका हुन्छन्। त्यहाँ खाना बनाउनका लागि भनेर एकजना भान्से पनि राखेका छन्।

अध्यक्ष महतोका अनुसार आइतबार राति खाना खाइसकेपछि तीन जना व्यक्तिहरू रायलाई भेट्न आएको ती भान्सेले बताएका छन्।

‘ती मान्छेहरूसँग कुराकानी भइरहँदा मानननीय ज्यूले भान्सेलाई छतमा गएर सुत् भन्नुभएको रहेछ। त्यसपछि उनी छतमा गएको र राति माननीयज्यूको हत्या भएपछि प्रहरीलाई खबर गरेको भनेका छन्,’ अध्यक्ष रायले भने।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »