Century Times

भारतले नेपाललाई यो आर्थिक वर्षमा ७ अर्ब भारु दिने

भारतले नेपाललाई यो आर्थिक वर्षमा ७ अर्ब भारु दिने

भारतले सुनको भन्सार शुल्क घटाएसँगै नेपालको तुलनामा भारतमा सुन प्रतितोला १० हजार रूपैयाँ हाराहारी सस्तो हुने व्यवसायीहरूले बताएका छन्।

‘अहिले नै नेपालको तुलनामा भारतमा सुन तोलामा ३ हजार रूपैयाँ सस्तो परिरहेको छ,’ नेपाल सुन चाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मनिक रत्न शाक्यले भने, ‘भारतले अहिले भन्सार शुल्क घटाएकोले करिब १० हजार रूपैयाँ सस्तो पर्छ।’

मंगलबार भारतीय अर्थमन्त्री निर्मला सितारमणले पूर्ण बजेट ल्याउँदै सुन र चाँदी दुवैको भन्सार १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत बनाएकी छिन्। सुनको बारको भन्सार घटाइएको हो।

त्यसबाहेक सुन र चाँदी समेत मिसिएको ‘गोल्ड डोर’ को भन्सार शुल्क समेत १४.३५ प्रतिशतबाट घटाएर ५.३५ बनाइएको छ। ‘सिल्भर डोर’ को भन्सार शुल्क समेत १४.३५ प्रतिशतबाट घटाएर ५.३५ बनाइएको छ।

प्लाटिनमको भन्सार शुल्क १५.४ प्रतिशतबाट घटाएर ६.४ प्रतिशत बनाइएको छ। 

भारतले सुन तथा बहुमूल्य धातुको उत्पादनमा हुने मूल्य अभिवृद्धिलाई बढाउन भन्दै भन्सार मूल्य घटाएको हो। 

नेपालले भने चालु आर्थिक वर्षको बजेटमा सुनको भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको थियो। 

भारतमा सुनको मूल्य नेपालको तुलनामा घट्ने भएकोले भारतबाट यहाँ अनौपचारिक बाटोबाट सुन भित्रनसक्ने व्यवसायीहरू बताउँछन्।

सर्वसाधारणको तहबाट समेत भारतीय सीमा नाकामा सुनको खरिददारी बढ्न सक्ने सम्भावना व्यवसायीहरू देख्छन्।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »