Century Times

मधेशको जम्बो मन्त्रिपरिषद्‌विरुद्ध जनकपुरधाममा जसपा नेपाल समर्थित युवा संघले निकाल्यो कुर्सी जुलुस

मधेशको जम्बो मन्त्रिपरिषद्‌विरुद्ध जनकपुरधाममा जसपा नेपाल समर्थित युवा संघले निकाल्यो कुर्सी जुलुस

मधेश प्रदेशको जम्बो मन्त्रिपरिषद्‌विरुद्ध जनकपुरधाममा जसपा नेपालका युवाहरुले कुर्सी जुलुस निकालेका छन् ।

जसपा नेपाल निकट समाजवादी युवा संघका कार्यकर्ताहरुले कुर्सी बोकेर मधेश सरकारविरुद्ध नाराबाजी गरेका हुन् । रामानन्द चौकबाट निकालिएको कुर्सी जुलुस नगरको विभिन्न भागमा परिक्रमा गर्दै जनक चौक पुगेर कोणसभा गरेको छ ।

मंगलबार मुख्यमन्त्री सतीशकुमार सिंहले पाँच राज्यमन्त्री थपेका थिए । योसँगै मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । मधेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छ ‌।

समाजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष कमलेश यादवले वर्तमान सरकारले राज्यकोष लुट्न जम्बो मन्त्रिपरिषद् बनाएकाले विरोध गरेको बताए ।

उनले सत्तारुढ दलहरुले प्रदेशलाई बदनाम गरेको आरोप पनि लगाए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »