Century Times

मधेश प्रदेश सरकार र कमला पुल निर्माण संर्घष समितिबीच ४ बुंदे सम्झौता

मधेश प्रदेश सरकार र कमला पुल निर्माण संर्घष समितिबीच ४ बुंदे सम्झौता

मधेश प्रदेश सरकार र नयाँ कमला पुलको निर्माणको माग गर्दै अनसनमा बसेका कमला पुल निर्माण संघर्ष समितिबीच ४ बुंदे सम्झौता भएको छ ।

सम्झौता भएसंगै शुक्रबार मुख्यमन्त्री सिंहले आमरण अनशनमा बसेका युवाहरुलाई जुस खुवाएर अनसन तोडाएका छन् ।

सम्झौता पत्रमा नयाँ पुल निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेट आ.व.२०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पुर्ण बजेट मधेश प्रदेश सरकारकै श्रोतबाट ब्यहोर्ने, २०८१ मंसिर १ गते भित्र पुल निर्माणकालागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पुर्ण कार्यक्रम स्थगित गर्ने उल्लेख रहेको छ ।

नयाँ कमला पुल निर्माणको माग गर्दै युवाहरु भदौ ४ गते युवाहरु आमरण अनशनमा बसेका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »