Century Times

राजदेवी मन्दिर जनकपुरधाम : बोका बलीको शुल्कमा वृद्धि, प्रति बोका ३०० लाग्ने

राजदेवी मन्दिर जनकपुरधाम : बोका बलीको शुल्कमा वृद्धि, प्रति बोका ३०० लाग्ने

जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष बोका बलीका लागि टिकट शूल्क बढाइएको छ ।

बुधबार मन्दिर प्राङनमा आयोजित पत्रकारसम्मलेनमा महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले पहिला बोका बलीमा प्रति बोकाको टाउकोको शुल्क रु २०० रहेकोमा यसवर्ष १०० रुपैयाँ बढाएर जम्मा ३०० गरिएको जानकारी दिए । साथै उनले बोका लिएर आउने जोकोहीले पनि निःशूल्क भोजन गर्न सक्नेसमेत व्यवस्था मिलाइएको बताए । विगतको वर्षहरुमा प्रति टिकट एक जनालाई मात्र भोजन गराउने सुविधा रहेकोमा यस वर्ष जतिसुकै जना आएतापनि सबैजनालाई निःशुल्क भोजनको व्यवस्था गरिएको अध्यक्ष गुप्ताले बताए ।

साथै उनले विभिन्न मितिमा हुने कार्यक्रमहरुको बारेमा समेत जानकारी दिए । उनले यस वर्ष जम्मा ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »