Century Times

नहरमा ट्याक्टर खस्दा माछा मारिरहेका बालकको मृत्यु, तीन घाइते

नहरमा ट्याक्टर खस्दा माछा मारिरहेका बालकको मृत्यु, तीन घाइते

सर्लाहीको मलङ्गवा नगरपालिका–७, मुसैलीमा आज बिहान ट्याक्टर खस्दा नहरमा माछा मारिरहेका एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य तीन जना बालक घाइते भएका छन् । आज बिहान साँढे सात बजे खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्वरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिँदा नहरमा माछा मारिरहेका बालकहरुमाथि बजारिन पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मुसैलीका दिनेश साहका छोरा १२ वर्षका रवि साहको मृत्यु भएको छ । रविलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।

ट्याक्टर पल्टिँदा जवाहिर मन्सुरका छोरा १० वर्षीय सलमान मन्सुर र कौशल मन्सुरीका छोरा १० वर्षीय जमाल मन्सुर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवैलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

सामान्य घाइते दिनेश साहका अर्का छोरा १० वर्षीय आर्यन साहको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । दुर्घटनामा परेको ट्याक्टर र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »