Century Times

सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा

सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा

सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ।

राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकले यस्तो कर्जामा एकल ग्राहक कर्जा सीमा ताकेर नयाँ व्यवस्था गरेको हो। यसअघि प्रवाह भएको कर्जामा सीमाभन्दा बढी लगानी भएको भए २०८३ असार मसान्तसम्म यस्तो सीमामा ल्याइसक्नु पर्नेछ।

हालसम्म यस्तो सीमा तोकिएको थिएन।

त्यस्तै, अब चुक्ता पुँजीको ०.५ प्रतिशत भन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी वा चुक्ता पुँजीको एक प्रतिशतभन्दा बढी सेयर लिएका सेयरधनी तथा तिनका परिवारका सदस्य र कर्मचारीले कर्जा तथा गैरकोषमा आधारित सुविधा नपाउने भएका छन्।

हालसम्म संस्थापक समूहका सेयरधनीले यस्तो सुविधा नै लिन पाउँदैन थिए। अब ०.५ प्रतिशतभन्दा कम सेयर भएका संस्थापक सेयरधनीले यस्तो सुविधा लिन पाउने भएका छन्।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »