Century Times

बर्दिबास–सिन्धुली–बर्खे खोला सडक खण्ड रातको समयमा बन्द रहने

बर्दिबास–सिन्धुली–बर्खे खोला सडक खण्ड रातको समयमा बन्द रहने

बिपी राजमार्ग अन्तरगत बर्दिबास–सिन्धुली–बर्खे खोला सडक खण्ड रातको समयमा बन्द रहने भएको छ । 

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ मातहतको सडक डिभिजन खाल्टेले बुधबार एक सूचना जारी गर्दै  ट्र्याकको मर्मत तथा स्तरोन्नति कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकाले हाललाई बेलुका ६ बजे देखि बिहानको ५ बजेसम्म सो सडक खण्ड बन्द रहने जनाएको हो । 

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण राजमार्गको नेपालथोक–बर्खे खोला सडक खण्ड (सिन्धुली)को करिब ४ किलोमिटर भन्दा बढी लम्बाईको सडक पूर्ण रूपले बगाएको थियो । 

त्यसपछि ट्रयाक निर्माण गरी साना यात्रु वाहक सवारीको लागि मात्र आवागमन खुलाइएको भन्दै सडक डिभिजन खाल्टेले सिन्धुली र काभ्रे जिल्ला अन्तर्गत क्षतबिक्षत रहेको सडक खण्डहरुमा ट्र्याकको थप मर्मत तथा स्तरोन्नति कार्य गरेर यात्रा सुरक्षित बनाउन लागिएको सूचनामा उल्लेख गरेको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »