Century Times

धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु

धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु

 धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार आज बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले विद्यालय जाने बेला बालिकालाई ठक्कर दिएको हो । गम्भीर अवस्थामा उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी सिंहले बताए ।

आक्रोशित स्थानीयले विद्यार्थीलाई ओराले बसमा आगजनी गरेको छ । बस पूर्ण रुपमा जलेर क्षति पुगेको डिएसपी सिंहले बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »