Century Times

अमेरिकामा समुद्री तुफानले व्यापक क्षति पुर्‍याउन सक्ने, सतर्क रहन आव्हान

अमेरिकामा समुद्री तुफानले व्यापक क्षति पुर्‍याउन सक्ने, सतर्क रहन आव्हान

काठमाडौं । क्यारेबियन क्षेत्रमा दुई जनाको ज्यान लिएपछि समुद्री तुफान ‘इसाइस’ अमेरिकाको पूर्वी तटिय क्षेत्रतर्फ बढेको छ ।

अमेरिकाको नर्थ क्यारेलाईना र साउथ क्यारेलाईना राज्यहरुमा तुफान इसाइसले ब्यापक क्षती पुर्‍याउन सक्ने भन्दै सतर्क रहन आव्हान गरिएको छ ।

अधिकारीहरुले आकस्मिक अवस्थाको लागि तयार रहन अपिल गर्दै कोभिड १९ को रोकथाममा अपरिहार्य मास्क, स्यानिटाईजरलगायतका वस्तुहरु तयारी अवस्थामा राख्न भनेका छन् ।

१ सय २० किलोमिटर प्रतिघण्टाका बेगले आईरहेको तुफानलाई क्यारेबियन राज्यहरु पोर्टो रिको र डोमिनिकन रिपब्लीकले कमजोर आंकलन गर्दा मानविय क्षती भएको बताईएको छ । यो तुफान वर्षको नवौं तुफान हो । 

Source :imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »