Century Times

समृद्ध नेपालको सपना साकार बनाउन एमालेलाई मतदान गर्नुस–जुली

समृद्ध नेपालको सपना साकार बनाउन एमालेलाई मतदान गर्नुस–जुली

एमालेको धनुषा ३का उम्मेदवार जुलीकुमारी महतो घरदैलो अभियान अन्तर्गत मतदाताको घर घर पुग्ने क्रमलाई तीव्रता दिएकी छन् ।

धनुषा ३बाट एमालेको प्रतिनिधिसभा उम्मेदवार जुलीले घर घरमै पुगेर मतदाताको समस्या सुन्दै आईरहेकी छन् ।

घरदैलोको क्रममा उनले एमालेको समृद्ध नेपालको परिकल्पना साकार बनाउनकालागि आफ्नो पक्षमा मतदान गर्न आग्रह समेत गरिरहेकी छन् । घरदैलोको क्रममा धनौजी गाउँपालिका वडा नम्बर २ गोरदाहा पुगेर उनले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेकी हुन् । घरदैलोको क्रममा उम्मेदवार जुलीलाई त्यहाँका मतदाताहरुले स्वागत समेत गरेका थिए ।

प्रतिनिधीसभा सदस्यका उम्मेदवार जुलीले आफु जनतासंगै रहेकाले यसपालि जनताले मौका दिने विश्वास व्यक्त गरिन् । एमालेलाई मधेसविरोधी दलको रुपमा चित्रण गरिदै आएकोमा उनले एमाले नेतृत्वकै सरकारले मधेसमा विभिन्न विकास निर्माणका कार्यहरु गरेको स्मरण समेत गराइन् । जुलीले एमाले पूरै देशको विकासका लागि कटिवद्ध दल रहेकाले एमालेको पक्षमा प्रतयक्ष तथा समानुपातिक दूबैमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरिन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »