Century Times

महिलालाई दुर्व्यवहार गरेको आरोपमा नविन पक्राउ, रिहा गर्न प्रहरीलाई VIP हरुको दवाव

महिलालाई दुर्व्यवहार गरेको आरोपमा नविन पक्राउ, रिहा गर्न प्रहरीलाई VIP हरुको दवाव

जनकपुरधाम : जनकपुरको एक क्याफेमा महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा जनता समाजवादी पार्टीका संघीय परिषद सदस्यसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार राति करिव १० बजे जनकपुरको शिवचोकस्थित जेएफसि क्याफेमा खाजा खाने क्रममा दुई महिलालाई जनता समाजवादी पार्टीका स्थानीय कार्यकर्ता नविन यादवले जिस्क्याउदैँ दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो ।

जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य नविन यादव, गणेश पजियार र अन्य २ जना महिलासहित ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले पीडित महिलाहरुले आफुहरुलाई नविनले जिस्क्याउदैँ दुर्व्यवहार समेत गरेको बयान दिएपछि उनीहरुकै बयानको आधारमा पक्राउ गरिएको उनले बताए ।

यता उनलाई छोडाउनका लागि राति देखि नै आफुहरुलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको दवाव आईरहेको प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।

स्रोत: द नेपाल टॉप

यस सम्बन्धमा स्थानीय युवा नेता धर्मेन्द्र साहको प्रतिक्रिया:

“जसपाका संघीय परिषद सदस्य नेता नवीन यादवलाई फसाउने प्रयास गदिदैछ । केहि दिन पहिला महिलाले बलात्कार गरेको भिडियोमै भयो तर मुद्दा दर्ता भएन तर आज कसैले आरोप लगाउँदैमा मुद्दा दर्ता गर्नु कतिको जायज हो ? मधेशी युवाहरुलाई फसाउने काम बन्द गरियोस।”

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »