Century Times

साढे २३ करोड रुपैयाँका १ करोड ३२ लाख ‘बुक’ तास आयात

साढे २३ करोड रुपैयाँका १ करोड ३२ लाख ‘बुक’ तास आयात

काठमाण्डाै – नेपालमा जुवातास खेल्नु गैरकानुनी हो । नेपाल प्रहरीले हरेक दिनजसो कुनै न कुनै ठाउँबाट जुवा खेल्ने व्यक्ति पक्राउ गरिहेको हुन्छ ।

तर नेपालमा जुवातास खेल्न गैरकानुनी मानिए पनि आयातमा भने प्रतिबन्ध छैन । जसका कारण वार्षिक करोडौँ रुपैयाँको तास आयात भइरहेको छ ।

ग​​एको आर्थिक वर्ष २०७६/७७ मा एक करोड ३२ लाख ६७ हजार ‘बुक’ तास आयात भएका छन् । यी तासको मूल्य २३ करोड ५४ लाख ९३ हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

नेपालमा तास आयात हुने मुख्य देशहरुमा चीन, भारत, थाइल्याण्ड र मलेसिया रहेका छन् । 

आर्थिक वर्ष २०७५/७६ मा २५ करोड ६ लाख रुपैयाँ बराबरका एक करोड ५७ लाख ‘बुक’ तास आयात भएका थिए ।  

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »