Century Times

ब्रेन्टफोर्ड च्याम्पियनसिप फुटबल प्ले अफको फाईनलमा प्रवेश

ब्रेन्टफोर्ड च्याम्पियनसिप फुटबल प्ले अफको फाईनलमा प्रवेश

काठमाडौं । स्वान्सी सिटीलाई हराउँदै ब्रेन्टफोर्डले इंग्लीश फुटबलको शिर्ष श्रेणी प्रिमियरसिपमा उक्लिने संभावना बलियो पारेको छ ।

च्याम्पियनसिप प्ले अफ् अन्तर्गत गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा ब्रेन्टफोर्ड ३–१ ले विजयी भयो ।

पहिलो लेगमा स्वान्सी सिटीसँग भोगेको १–० को हार उल्टाउदै ब्रेन्टफोर्ड समग्रमा ३–२ को जित निकाल्दै प्ले अफ्को फाईनलमा पुगेको हो ।

प्ले अफ्को फाईनलमा अब ब्रेन्टफोर्डले फुल्हम र कार्डिफ सिटीबिचको दोस्रो सेमिफाईनल खेल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो लेगमा फुल्हमले कार्डिफ सिटीमाथि २–० को अग्रता लिएको छ । च्याम्पियनसिपको प्ले अफ् फाइनल खेलमा विजेता हुने टोली प्रिमियर डिभिजनमा बढुवा हुनेछ ।

यो सिजनको च्याम्पियनसिपबाट लिड्स युनाईटेड र बेष्ट ब्रोमविच आल्बियोन प्रिमियर डिभिजनमा उक्लिसकेका छन् ।

बढुवा हुने तेस्रो टोलीका लागि च्याम्पियनसिपका तेस्रो देखि छैटो स्थानसम्मका चार टोलीचिब प्ले–अफ् भईरहेको छ । एजेन्सी

Source:imagekhabar

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »