Century Times

३० हजार टन चिनी आयात गर्न सरकारको अनुमति

३० हजार टन चिनी आयात गर्न सरकारको अनुमति

काठमाडौं । सरकारले ३० हजार टन चिनी आयात गर्न अनुमति दिएको छ । 

साउन १२ गते बसेको मन्त्रिपरिषद् वैठकले ५० प्रतिशत भन्सार छुटमा ल्याउन दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले निर्णयबारे जानकारी गराएका हुन् ।

अब साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी आयात गर्नेछ । चिनीको भण्डारण रित्तिँदै गर्दा आयात हुने भएपछि बजारमा चिनीको मूल्य नआकासिने भएको छ । सरकारी कम्पनी साल्ट ट्रेडिङले नेपालमा हुने उत्पादनले अपुग चिनी हरेक वर्ष आयात गर्दै आएको छ ।

चिनीको भण्डारण सकिन लागेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थको सहमतिमा चिनी किन्ने प्रस्ताव मन्त्रिपरिषदमा पुर्‍याएको थियो ।

नेपालमा वार्षिक साढे २ लाख मेट्रिक टन चिनीको माग हुने गरेको छ । त्यसमध्ये करिब आधा चिनी स्वदेशमा उत्पादन हुन्छ । यसअघि साल्ट ट्रेडिङ कर्पोरेसनले ५० हजार टन चिनी आयात अनुमतिका लागि वाणिज्य मन्त्रालयमा निवेदन दिएको थियो । 

मन्त्रिपरिषद्ले ३० हजार मेट्रिक टन आयात गर्ने निर्णय गरेपछि कर्पोरेसनले द्रुतमार्गको आयात प्रक्रिया थाल्नेछ ।

Source:baahrakhari

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »