Century Times

प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण

प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण

जनकपुर — प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास विकास मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको हो । 

समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारका मन्त्री यादव, प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको छ । मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् ।

यसैगरी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरु पनि संक्रमित भएका छन् ।

उनले केहि दिन पहिले सेन्चुरी टाईम्सलाई कोरोना सम्बन्धमा दिनुभएको अन्तरवार्ता – https://youtu.be/z2x4MtmhZR4

उता जनकपुरधाम उपमहानगरपालिका कार्यालयका एक जना सचिवालय सदश्य मात्र कोरोना संक्रमित रहेको उपमहानगरपालिका कार्यालयले सेन्चुरी टाईम्सलाई जानकारी गराएको छ ।

प्रकाशित : श्रावण २१, २०७७ २१:५२

स्रोत: कान्तिपुर

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »