Century Times

अन्तिम एकदिवसीय क्रिकेटमा आयरल्याण्डकाे जित

अन्तिम एकदिवसीय क्रिकेटमा आयरल्याण्डकाे जित

इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्याण्डले रोमाञ्चक जित हात पारेको छ । घरेलु टिम इंग्ल्याण्डलाई हराउँदै आयरल्याण्डले जित हात पारेकाे हाे ।​

साउथह्याम्पटनमा गए राति भएको खेलमा आयरल्याण्डले इंग्ल्यान्डलाई ७ विकेटले हराएको हो । एजेस बाउलमा इंग्ल्याण्डले जितेको ३ सय २९ रनको लक्ष्य आयरल्याण्डले ४९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।

आयरल्याण्डको जितमा पाउल स्ट्रर्लिङले १ सय ४२ रनको शतकीय इनिङ्स खेल्दा कप्तान एण्डी बलब्रिनेले १ सय १३ रनको शतकीय इनिङ्स खेले । ह्यारी टेक्टर २९ तथा केभिन ओ ब्रायन २१ रनमा अविजित रहे ।

इंग्ल्याण्का डेभिड विलि र आदिल राशिदले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले अलआउट हुँदै ३ सय २८ रन जोडेको थियो । अन्तिम खेलमा पराजित भएपछि इंग्ल्याण्ड सिरिज क्लिन स्विप गर्न असफल भएको छ ।

इंग्ल्याण्डले सिरिज भने २–१ ले जित्न सफल भएको छ ।

Source :ujyaaloonline

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »