Century Times

जनकपुरको लुटेरा, ज्यानमारा गोदमघर हस्पिटलहरु

जनकपुरको लुटेरा, ज्यानमारा गोदमघर हस्पिटलहरु

– शैलेन्द्र क्रान्ति, संचारकर्मी

जनकपुर । जनकपुरको सेवासुविधा सम्पन्न हस्पिटल भन्दा मापदण्ड विपरीत खोलिएको हस्पिटलहरुको उपचार शुल्क चर्को छ । राम्रो सेवासुविधा र स्वास्थ्योपार वापत अलि चर्कै शुल्क लिँदा पनि खासै कसैको आपति हुँदैन । तर गाइगोठ र गोदाम घर जस्तो हस्पिटल संचालन गरी सेवासुविधा जिरो र शुल्क चाहिँ हिरो जस्तो उठाउनु उचित होइन ।

सबभन्दा खतम र गोदाम घर जस्तो जनकपुर स्थित थापाचौकमा संचालित समर हस्पिटल प्रा.लि. हो । जहाँ सेवा शुल्क जनकपुरको अन्य सेवासुविधा सम्पन्न हस्पिटल भन्दा चर्को छ । तर त्यहाँ नत पार्किंगको सुविधा छ नत १० जना कुरुवालाई बस्ने ठाउँ । हस्पिटल भित्रका शैयाहरुको अवस्था हेर्दा सायद घरमा पनि मान्छे त्यस्तो बेडमा सुत्दैन । गन्हाउनुको कुरै छोडौ । मैले झुटो बोल्दैछु भने त पाईहरु एकपटक अवलोकन गर्नु होला ।

समर भन्दा ठाउँको हिँसाबले ठिकठाक भएपनि ज्यानमारा हस्पिटलको रुपमा छ रामजानकी हस्पिटल प्रा.लि. । जहाँ पैसा कमाउने चक्करामा अस्पतालले वर्षमा कैयौं बिरामीको ज्यान लिन्छ । यसको पनि उपचार शुल्क अति नै चर्को छ ।

यस्तै अर्को हस्पिटल छ नवजिवन हस्पिटल । जुन जनकपुरमा ब्रह्मपुरी स्थित जानकी मेडिकल सिटी अस्पतालको दिक्षणपट्टी छउमा छ । जहाँको उपचार शुल्क पनि कम छैन । तर ठाउँ गोदाम घर जस्तै लाग्छ । यसको शुल्क महा चर्को छ ।

मैले यी तीनै हस्पिटलको बारेमा यतिकै लेखेको होइन । त्यहाँ विचौलियाको फन्दामा परेर गएका केहि आफन्त बिरामीसंग गएर यी हस्पिटलहरुरुको अवस्था राम्ररी देखेको छु । प्रमाणहरु सुरक्षित राखेको छ । अब अझै प्रमाणहरु बटुल्दै छु ।

यस्तै अन्य पनि हस्पिटलहरु छन् होला । समर, रामजनकी र नवजीवन जस्ता हस्पिटलहरु उदाहरण मात्र छ । यी हहिस्पटलहरुले गाएँ गाउँका सीएमए, एचए जस्ता स्वास्थ्यकर्मी र एम्बुलेन्स चालक जस्ता बिचौलियाको राख्छन् । बढी कमिसन दिने हुनाले अस्पतालका सेवाहरुको बारेमा नबुझेका सर्वसाधारण बिरामीहरुलाई यस्ता हस्पिटलहरुमा पठाउँछन् । एकजना बिरामी पठाए बापत यस्ता चर्को शुल्क निले स्तरहीन हस्पिटलहरुले थोरैमा पनि ५ हजार रुपैयाँ दिन्छन् । यी हस्पिटलहरु स्वास्थ्य उपचार सेवा प्रदान गर्न भन्दापनि सर्वसाधारणलाई लट्नकै लागि संचालन भएको छ । तर सम्बन्धित निकायबाट हस्पिटलहरुको अनुगमन, सनुगमन केहि छैन । भित्र के सेटिंग हो थाहा छैन । जनकपुरमा मेडिकल क्षेत्रमा व्यथितिको चांग छ । तर,कसैलाई कुनै मतलब छैन ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »