Century Times

जनकपुरमा रेडक्रस र अस्पतालको लापरवाहीले लियो सुत्केरीको ज्यान

जनकपुरमा रेडक्रस र अस्पतालको लापरवाहीले लियो सुत्केरीको ज्यान

जनकपुर । जनकपुरस्थित राजमजानकी अस्पताल र रेडक्रस सोसाइटीको गम्भीर लापरबाहीले एक सुत्केरीको ज्यान गएको छ। ‘ओ’ पोजेटिभ चढाउनु पर्नेमा ‘बी’ पोजेटिभ रगत चढाउँदा महोत्तरीको गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ज्यान गएको हो।

सुत्केरी व्यथा लागेपछि ती महिलालाई बिहीबार अपरान्ह ४ बजे जनकपुरको जानकी मन्दिर पछाडि रहेको रामजानकी हस्पिटल प्रालिमा भर्ना गरिएको थियो।

अस्पतालमा भर्ना भएको केही समयपश्चात शल्यक्रियामार्फत उनले छोरी जन्माएकी थिइन्। शरीरमा रगत अभाव हुँदा अस्पतालले महिलाको रगत नमूना लिएर कुरुवालाई रेडक्रसमा पठाएका थिए। रेडक्रसले दिएको दुईपोका रगत चढाएपछि मात्रै एकपोका बी पोजेटिभ भएकाे थाहा भएकाे हाे। बी पाेजिटिभ रगत चढिसकेको कारण त्यसले रिएक्सन गरेकाे र  सुत्केरीको अवस्था गम्भीर भएर राति ८ बजे मृत्यु भएको हो।

मृतककी पति राजकिशोर महतोले रेडक्रस र अस्पतालको चरम लापरवाहीले श्रीमतीको मृत्यु भएको दुखेसो पोखे। ‘अस्पतालले नै दिएको स्याम्पल अनुसार मैले रगत ल्याए। मैले आफूले पनि रगत दिए। तर, रेडक्रस र अस्पतालको चरम लापरवाहीले मेरो श्रीमतीको मृत्यु भयो’, उनले दुखेसो पोख्दै भने, स्याम्पल हेरेर रेडक्रसले कसरी ‘बी’ पोजेटिभ रगत दियो ? र, अस्पतालले चेक नै नगरी कसरी चढायो? दुबैको गम्भीर लापरावही छ। दुबैमाथि कारबाही हुनुपर्छ।’

दोषी अस्पताल र रेडक्रसमाथि कारबाही र क्षतिपुर्ति नपाएसम्म शव नउठाउने मृतक परिवारले अडान लिएको छ। मृतक परिवारले घटना मिलाउन प्रहरी प्रशासन र अस्पतालबाट दबाब परिरहेको समेत जनाकारी दियो।

यता अस्पतालका सञ्चालक गणेश साहले अस्पतालको नभई रेडक्रसको लापरवाहीले सुत्केरीको मृत्यु भएको बताए। ‘अस्पतालले बिरामीको रगतको स्याम्पल पठाउँछ। त्यहाँ रेडक्रसले नै रगत ग्रुप छुट्याएर रगत दिन्छ। र अस्पताले ल्याएर सोझै चढाउँछ’, सञ्चालक साहले भने, ‘एकपोका रगत चढाइसकेपछि बिरामीको अवस्था झन बिग्रियो। त्यसपछि चेकजाँच गर्दा ‘ओ’ पोजेटिभ रगतको स्थानमा ‘बी’ पोजेटिभ चढेको पत्ता लाग्यो। अस्पतालले बिरामीलाई बचाउन धेरै प्रयास गर्यो। तर सकेन।’अस्पताल सञ्चालकले घटनाको पूर्ण जिम्मेबार रेडक्रस भएको भन्दै आफू पन्छिन खोजेको छ।

यसअघि पनि रामजानकी हस्पितल प्रा.लि.मा पटक–पटक अस्पतालको लापरवाहीले कयौं व्यक्तिहरुको मृत्यु भइसकेको छ।

स्रोत: नेपाल खबर

विडियो: https://youtu.be/WOcML2U6Fh0

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »