Century Times

रसुवागढी नाका हुँदै चीनतर्फ सामान निर्यात घट्यो, गएको फागुनदेखि असार मसान्तसम्म निर्यात शून्यसाउन २८

रसुवागढी नाका हुँदै चीनतर्फ सामान निर्यात घट्यो, गएको फागुनदेखि असार मसान्तसम्म निर्यात शून्यसाउन २८

रसुवा – रसुवागढी नाका हुँदै चीनतर्फको सामान निर्यात घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा निर्यात निकै कम भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष ७६/७७ मा ७६ करोड २ लाख २३ हजार मूल्य बराबरको सामान मात्र निर्यात भएको कार्यालयको तथ्यांक छ । 

आर्थिक वर्ष २०७५/७६ मा भने १ अर्ब ३२ करोड ३९ लाख २७ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो । 

रसुवागढी नाकाबाट गएको साउनमा १५ करोड २ लाख ७५ हजार, भदौमा ११ करोड ६ लाख १ हजार, असोजमा १० करोड ९९ लाख ६१ हजार, कार्तिकमा ११ करोड ९ लाख ९ हजार, मंसिरमा ९ करोड २५ लाख ७४ हजार, १५ करोड ९१ लाख २८ हजार र माघमा २ करोड ६७ लाख ७५ हजार मूल्य बराबरको सामान निर्यात भएको कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको कारण फागुनदेखि असार मसान्तसम्म भने सामान निर्यात नभएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो । गएको असार २८ गतेदेखि सञ्चालनमा आएको रसुवागढी नाकाबाट अहिले पनि आयात मात्र भइरहेको छ । 

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ भने नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।

Source:ujyaaloonline

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »