Century Times

नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘साउथ एसिया डेमलपमेन्ट अपडेट’मा निजी क्षेत्रको लगानी बढ्न नसकिरहेको बेला पनि पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले यस वर्ष ३.३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण उल्लेख छ ।

पछिल्ला महिनाहरूमा रेमिट्यान्स निरन्तर बढिरहेकाले निजी उपभोगसमेत बढ्ने सम्भावना रहेको बताइएको छ । यसअघि विश्व बैंकले नै नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेकोमा अहिले केही घटाएको हो । सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण पनि विश्व बैंकको छ ।

विश्व बैंकले ’सुधाारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले यस्तो प्रक्षेपण गरेको हो ।

यद्यपि यो प्रक्षेपण बहुचुनौतीसहितको छ, जसमध्ये भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरुको सुस्त वृद्धि पर्दछ, जसका कारण विप्रेषण र पर्यटनमा गिरावट आउन सक्ने उल्लेख छ । त्यसका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुनेछ, जसले मध्यकालीन वृद्धिलाई सहायता पुर्‍याउन बताइएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »