Century Times

जनकपुरका चर्चित चिकित्सक एबं सांसद डा. यादवलाई कोरोना संक्रमण

जनकपुरका चर्चित चिकित्सक एबं सांसद डा. यादवलाई कोरोना संक्रमण

जनकपुर । समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका प्रतिनिधिसभा सदस्य डा.यादवमा बिहीवार राति कोरोना संक्रमण पुष्टि भएको हो । डा. यादवले लामो समयदेखि जनकपुरधाममा निजि क्लिनिक संञ्चालन गर्दै आएका छन् ।

डा.सांसद यादवले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना सरेको बताए ।

उनले ती बालकलाई आफैँले उपचार गरेको कारण आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको बताए । ‘शंका लागेर ९ दिन अघिदेखि नै आइसोलेसनमा बसेर स्वाब जाँच दिएको थिए’ डा.यादवले भने शुरुमा एकदमै शरीर दुखेपनि अहिले स्वास्थ्य सामान्य रहेको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »