Century Times

पहिलो दिन पाकिस्तानको खराब सुरुवात

पहिलो दिन पाकिस्तानको खराब सुरुवात
पहिलो दिन पाकिस्तानको खराब सुरुवात

एजेन्सी । इङ्ल्यान्डसँगको देस्रो टेस्टको पहिलो दिन पाकिस्तानले खराव सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले खराब सुरुवात गरेको हो । 

पहिलो दिन केही समय वर्षाले प्रभावित बनेको खेलमा पाकिस्तानले ५ विकेट गुमाएर १२६ रन जोडेको छ । पहिलो दिन ४५.४ ओभरको खेलमा पाँच विकेट गुमाउँदै पाकिस्तानले खराब सुरुवात गरेको हो । 

पाकिस्तानका लागि आबिद अलीले अर्धशतकीय पारी खेले । ओपनर ब्याट्सम्यान अलिले ६० रनको अधर््शतकीय पारी खेल्दै पेभिलियन फर्किएका थिए । त्यस्तै कप्तान अजहर अलीले २० रनको योगदान दिए । बाबर आजम २५ र विकेटकीपर ब्याट्सम्यान मोहम्मद रिजवान ४ रनमा अविजित रहँदा अन्य खेलाडीले भने दोहोरो अंकमा रन छुन सकेनन् । आजम र रिजवानले आज त्यहिबाट दोस्रो दिनको पारी सुरुवात गर्नेछन् । 

इङ्ल्यान्डका लागि जेम्स एनडरसनले दुई विकेट लिए । त्यस्तै स्टुवार्ट ब्रोड, साम कुरान र क्रिस वोक्सले एक–एक विकेट लिए । 

Source:baahrakhari

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »