Century Times

२२.६४ प्रतिशतले घट्यो नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा, बाँड्न मिल्ने नाफा ६५ करोड मात्रै

२२.६४ प्रतिशतले घट्यो नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा, बाँड्न मिल्ने नाफा ६५ करोड मात्रै
२२.६४ प्रतिशतले घट्यो नेपाल इन्भेष्टमेन्ट बैंकको मुनाफा, बाँड्न मिल्ने नाफा ६५ करोड मात्रै 

काठमाडौं । गत आर्थिक वर्ष ०७६/७७ मा नेपाल इन्भेष्टमेन्ट बैंकको खुद मुनाफा घटेको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासमा खुद मुनाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड १६ लाख ५२ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष ०७५/७६ को भन्दा २२.६४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड ४१ लाख १३ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

राष्ट्र बैंक स्प्रेड रेटमा गरेको कडाइले गर्दा बैंकमो आम्दानी घट्नुको साथै कोभिड १९ को प्रभावले गर्दा कर्जा असुल हुन नसक्दा सम्भावित कर्जा जोखिम व्यवस्थाका लागि प्रोभिजन रकम बढाउँदा बैंकको खुद मुनाफा प्रभावित बनेको हो । गत आर्थिक वर्षमा बैंकले ५ अर्ब ७६ करोड १ लाख ९७ हजार खुद ब्याज आम्दानी गरेको बैंकको कुल सञ्चालन आम्दानी ८ अर्ब ५ करोड ९३ लाख ५९ हजार छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब १७ करोड ३५ लाख ६ हजार खुद ब्याज आम्दानी र ८ अर्ब ३४ करोड ७८ लाख ९ हजार कुल सञ्चालन आम्दानी आर्जन गरेको थियो । आम्दानीमा सामान्य संकुचन आएको बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५९ करोड ६६ लाख १० हजार सम्भावित कर्जा जोखिमको लागि प्रोभिजन गरेकोमा गत आर्थिक वर्षमा १ अर्ब ८८ करोड १ लाख ४१ हजार प्रोभिजन गरेको छ । जसले बैंकको खुद सञ्चालन आम्दानी र सञ्चालन मुनाफासँगै खुद मुनाफा पनि घटेको हो ।

यस्तै अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १३ करोड ३३ लाख ७४ हजार सञ्चालन मुनाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६३ करोड ६१ लाख ४१ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार निक्षेप संकलन गरेर १ खर्ब ३५ अर्ब ४५ करोड ७५ लाख १३ हजार कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ खर्ब ४९ अर्ब ४९ करोड २२ लाख ८२ हजार निक्षेप संकलन गरेर १ खर्ब २२ अर्ब ८६ करोड ६५ लाख ५४ हजार कर्जा लगानी गरेको थियो ।

१४ अर्ब २४ करोड ८९ लाख ५५ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ४१ करोड ५५ लाख ९५ हजार र सेयर प्रिमियममा ३ करोड २५ लाख ९९ हजार रहेको छ । यस्तै लगानीकर्तालाई बाँड्ने सञ्चित कोषमा १ अर्ब ६२ करोड ३१ लाख रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ६५ करोड २३ लाख ६६ हजार छ ।

बैंकको निष्क्रिय कर्जा थप बढको छ । अघिल्लो आर्थिक वर्षमा २.७८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आर्थिक वर्षमा बढेर २.९१ प्रतिशत पुगेको छ । यस्तै बैंकको पुँजीकोष अनुपात १३.२३ प्रतिशत, सीसीडी रेसियो ७२.९३ प्रतिशत, आधार ब्याजदर ७.५१ प्रतिशत र स्प्रेड रेट ३.९९ प्रतिशत छ । बैंकको मूल्य आम्दानी अनुपात २४ गुणा, प्रतिसेयर आम्दानी १८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ छ ।

Source:baahrakhari

Leave a reply

Your email address will not be published. Required fields are marked *

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »